सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
काठमाडौं -वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधारको स्वास्थ्य अवस्था सुधार हुँदैछ।
मूत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना भएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जोशी संक्रमणमुक्त भइसकेको र कमजोरीमात्र देखिएको जानकारी दिए। उनले केही समयमा नै डिस्चार्ज गरिने बताए । जोशी एक सातादेखि किस्ट अस्पतालमा उपचाररत थिए।