

विश्वको आर्थिक वृद्धिदर ३.६% मा सीमित हुने आइएमएफको प्रक्षेपण

काठमाडाैँ- आइएमएफले विश्वको आर्थिक वृद्धि यसअघि गरिएको भन्दा कम हुने बताएको छ । आइएमएफले वर्ष २०२२ र २०२३ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । यस्तो आर्थिक वृद्धि सन् २०२१ मा ६.१ प्रतिशत थियो ।
रुस र युक्रेन बीचको युद्धका कारण विश्वको अर्थतन्त्रमा आगामी २ वर्षसम्म असर पर्ने आईएमएफको प्रक्षेपण छ । आइएमएफले युद्धका कारण सबैभन्दा बढी प्रभावित युक्रेन र रुसलाई पर्ने बताएको छ । साथै युक्रेनको अर्थतन्त्र ३५ प्रतिशतले घट्ने र रुसको अर्थतन्त्र ८.५ प्रतिशतले घट्ने अनुमान गरिएको छ।
आइएमएफले अमेरिकाको आर्थिक वृद्धि सन् २०२२ मा ३.७ प्रतिशत र सन् २०२३ मा २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । त्यसैगरी चीनको हकमा सन् २०२२ मा आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

