दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

माधवकुमार नेपालको अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बैठक बस्ने छ । बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने छ । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन् ।

आइतबारको बैठकले स्थायी कमिटीमा पाँचवटा कार्यसूची पेस गरिएको थियो । तिनैमा आधारित भएर आजको छलफल अघि बढाइने छ । आइतबारको बैठकमा प्रदेश, जिल्ला र जबस मोर्चा (जनसंगठनहरू) को एकताका लागि पार्टी अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदलसमेत बनेको छ । त्यसले एकताका बाँकी कामहरू सक्ने छ । शनिबार पत्रकार सम्मेलन गरेर दाहाल–नेपाल समूहले संघर्षका थप कार्यक्रम घोषणा गरेका थिए ।

त्यस्तै स्थायी कमिटी बैठकमा केपी ओली समूहको विभाजनकारी क्रियाकलापबारे पनि छलफल गर्ने कार्यसूची छ । बैठकले प्रदेशसभा र सरकारबारे आवश्यक निर्णय लिनेछ ।

प्रतिक्रिया