वीरगञ्ज नाकाबाट सवा ५ खर्बको आयात, निर्यात ६९ अर्ब मात्रै


काठमाडाैँ-  आयात–निर्यात कारोबार परिमाणका आधारमा देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष  २०७८÷७९ को ९ महीनामा करीब ६ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा  भन्सार कार्यालयले ५ खर्ब २२ अर्ब रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने ६९ अर्ब रुपैयाँबराबरको आयात गरेको हो ।

गत वर्ष २०७७÷७८ को सोही अवधिको तुलनामा कुल व्यापार ५० प्रतिशतले बढेको तथ्यांक भन्सारसित छ । गत वर्ष कुल व्यापार ३ खर्ब ९४ अर्ब रुपैयाँबराबर थियो ।

यो वर्ष आयात ४४ प्रतिशतले वृद्धि हुँदा निर्यात ११९ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको साउनदेखि चैतसम्ममा ३१ अर्ब रुपैयाँको वस्तु निकासी भएको थियो ।

प्रतिक्रिया