रुकुम पश्चिममा विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस


रुकुम पश्चिम – नेपाली काँग्रेसले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक विद्यालयका प्रधानाध्यापकलाई अध्यक्षको उम्मेदवार सिफारिस गरेको छ।

नेपाली काँग्रेसले त्रिवेणी गाउँपालिका गाउँपालिका अध्यक्षमा हिमालय जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरसिंह खड्कालाई सिफारिस गरेको हो।

खड्का २७ वर्षदेखि शिक्षकको भुमिकामा रहेका खड्का नेपाली काँग्रेसबाट गाउपालिका अध्यक्षमा उम्मेदवारी सिफारीस भएका हुन् । उनले राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए। पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको उनले बताए । कांग्रेसले यसअघि जिल्लाको बाँफिकोट गाउँपालिका अध्यक्षमा जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ।

रुकुम पश्चिममा बाट कांग्रेसले कुनै पनि पालिका जितेको छैन। माओवादी केन्द्रले पनि सबै पालिकामा उम्मेदवार छनोट गरिसकेको छ। त्यस्तै कर्णालीका कुनै जिल्लामा पनि अहिलेसम्म सहमति भएको छैन।

प्रतिक्रिया