लोसपाबाट वडाध्यक्ष बनेका साह मेयरमा उम्मेदवारी दिन एमाले प्रवेश


काठमाडौं – जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन् ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वडा अध्यक्ष बनेका साह जनकपुरधाम उपमहानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार दिन पाउने भएपछि लोसपा त्यागेर एमालेमा प्रबेश गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका छन् ।

साह जनकपुरधामको मेयर उठ्ने तयारीमा छन् । उनले मेयर उठ्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया