फेरि सर्यो गठबन्धन बैठक, आज २ बजे बस्ने 


काठमाडौं – देशभरका महानगर र उपमहानगरका लागि उम्मेदवारको टुगो लगाउने उद्देश्यसहित बसेको बैठक फेरि सरेको छ ।

सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको हो । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

प्रतिक्रिया