महानगरमा सहमति हुन नसकेपछि पोखरेली कांग्रेस नेता भेट्दै सभापति देउवा


काठमाडौं – नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरपालिका कसले लिने भन्ने विषयमा विवाद भएपछि कांग्रेस कास्कीका नेतासग कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गर्दैछन।

बिहान ११ः३० बजे बस्ने तय भएको गठबन्धन बैठक अघि देउवाले कास्की कांग्रेसका नेतासग छलफल गर्न लागेका हुन्। कास्की कांग्रेसले पोखरा महानगरपालिकाको मेयर अरूलाई छाड्न नसक्ने अडान लिइरहेको छ भने नेकपा समाजवादीले पनि सोही अडान लिएको छ।

देउवाले कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई छलफलका लागि बालुवाटार बोलाएको कास्की सभापति बरालले जानकारी दिए ।

प्रतिक्रिया