

एकै दिनमा एप्पलले हटायो ४६ हजार एप

काठमाडौँ- एप्पलले आफ्नो एप स्टोरबाट ४६ हजार एप हटाएको छ । एपस्टोरबाट पलिो पटक एक दिनमा अहिलेसम्मकै धेरै एप्लिकेसनहरु हटाइएको हो । लाइसेन्स लिनका लागि दिइएको डिसेम्बर ३१ सम्मको समयसीमामा पनि लाइसेन्स नलिएका गेम एपहरू एप्पलले एप स्टोरबाट हटाइदिएको हो ।
एप्पलले चाइना स्टोरबाट बिहीबारमात्रै ३९ हजार गेम एप्लिकेसनहरु हटाएको छ । लाइसन्सविहीन गेम एप्लिकेशनहरुसँगै एप्पलले आफ्नो एप स्टोरबाट बिहीबार कूल ४६ हजार एप हटाएको छ । अब एप्पलको एप स्टोरमा ७४ वटा मात्रै बाँकी एपहरु छन् ।
एप स्टोरलाई सबैभन्दा ठूलो अनलाइन गेम मार्केट मानिन्छ । एप स्टोरमा कायम रहनका लागि गत जुनको अन्त्यसम्ममा सम्बन्धित सरकारले प्रदान गरेको लाइसेन्स पेस गर्न एप्पलले सबै गेम एप प्रकाशकहरूलाई अनुरोध गरेको थियो । पछि उक्त समयावधि डिसेम्बर ३१ सम्म लम्ब्याइएको थियो । एजेन्सी

