देशभरका विद्यालयहरु माघ पहिलो साताबाट खुल्ने !


काठमाडौं – सरकारले विगत ९ महिनादेखि बन्द रहेका विद्यालय खोल्न पाउने निर्णय गरेसँगै अधिकांश विद्यालयहरुले सञ्चालनमा ल्याउनका लागि तयारी थालेका छन् ।

आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय गरेसँगै विद्यालयहरुले माघको पहिलो साताबाट विद्यालय खोल्ने तयारी गरेका हुन् ।

सरकारको यस निर्णयसँगै विद्यालय खुलेपछि ९ महिनादेखि विद्यालय जान बन्चित भएका विद्यार्थीहरु विद्यालय जान पाउने भएका हुन् ।

तत्कालका लागि विद्यालयसँग जिमहल र मनोरञ्जनका क्षेत्रहरु खोल्न दिने निर्णय गरेको छ । तर पनि कोरोनाका दोस्रो लहर देखिएको खण्डमा बन्द गर्न जिल्ला तहबाटै बन्द गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया