फेरि सर्दै एमाले पार्टी कार्यालय !


ललितपुर – नेकपा (एमाले)को पार्टी कार्यालय फेरि सर्ने भएको छ । लामोसमय धुम्बाराहीमा बसेर थापाथली सरेको केही महिनामै ललितपुरको च्यासलमा सर्ने भएको छ ।

पार्टीले तुलसीलाल अमात्य प्रतिष्ठानसँग मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी मुख्यालय राख्ने सम्झौता गरेको छ। ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य प्रतिष्ठानमा एमालेले वैशाख ९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय राख्दैछ। एमालेले पार्टी स्थापना दिवसको कार्यक्रम च्यासलमै गर्ने तयारी गरेको हो।

थापाथलीस्थित कार्यालय साँघुरो भएपछि एमालेले पार्टी मुख्यालय सार्न लागेको हो। प्रतिष्ठानको च्यासलमा प्रशस्त ठाउँ छ। प्रतिष्ठानको कार्यालय भने भवन नजिकैको खाली ठाउँमा बनाइँदैछ। एमालेले ५ वर्षका लागि भवन भाडामा लिन लागेको हो। भवनमा बनेका संरचना ५ वर्षपछि प्रतिष्ठानकै हुनेछन्।

प्रतिक्रिया