कर छलिको अरोपमा १४२ जना विरुद्ध ८ अर्ब ८४ करोडको मुद्दा


काठमाडौं –  चालु आर्थिक वर्षको आठ महिनामा राजस्व अनुसन्धान विभागले ५२ वटा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटको आरोपमा १४२ जना प्रतिवादी विरुद्ध ८ अर्बभन्दा बढी विगो माग दावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेकोे हो ।

विभागका अनुसार राजस्व चुहावट, नक्कली बिलबिजक र कर छलिको अरोपमा १४२ जना प्रतिवादी विरुद्ध ८ अर्ब ८४ करोड ७ लाख ५७ हजार रुपैयाँ विगो दावी सहितको मुद्दा दायर भएको हो । त्यस्तै विभागले विदेशी विनिमय तर्फ २८ वटा मुद्दा दायर गरेको छ ।

विदेशी विनिमयको अवैध कारोबार गर्ने ५० जना प्रतिवादी विरुद्ध २० करोड ४० लाख ३ हजार रुपैयाँ बराबरको विगो माग दावी सहित विभागले मुद्दा दायर गरेकोे हो । विभागका अनुसार उक्त मुद्दाहरुको फैसला हुन बाँकी रहेका छन् ।

प्रतिक्रिया