एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ – नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार साँझ साढे ६ बजेका लागि बोलाइएको छ ।

स्थानीय तह निर्वाचनको घोषणापत्रलगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्ने छ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया