बझाङ दुर्घटना अपडेट : कांग्रेस सभापति घाइते, माइला छाेराकाे मृत्यु


बझाङ – जीप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बाेहराका माइला छाेरा विनाेद बाेहराकाे ज्यान गएकाे छ ।

बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेकाे सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनाेदकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

गयराति पाैने १ बजे भएकाे दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् ।  सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लािग धनगढी रेफर गरिएको छ ।  घाइते खड्क, उनका कान्छा छाेरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराकाे देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ ।

उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जीप अनियन्त्रित भएर दुर्घटनामा परेकाे हाे ।

प्रतिक्रिया