कोभिड-१९ प्रतिकार्यका लागि स्वास्थ्य विभागले माग्यो कर्मचारी (सूचनासहित)


काठमाडौं – स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।

सातै प्रदेश एकरएक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो ।

आज (शुक्रबार) जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्ष कार्य अनुभव भएकाहरुले दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।

योग्यता पुगेका इच्छुकले १० दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया