

माताले तोडेको एउटा नाताको भित्री कथा

काठमाडौं– देशमा राजसंस्थाको व्यापक बहस चलिरहे पनि पूर्वराजपरिवारभित्र एउटा कस्टप्रद कथा ज्युँदो छ। पूर्वयुवराज पारस शाह पोखरातिर बरालिएका छन् भने सन्तानसँगै पूर्वयुवराज्ञी हिमानी शाह निर्मलनिवासमा छिन्।
दम्पत्तीबीचको टुटेको नाता अहिलेसम्म पनि जोडिन सकेको छैन। कागजी रुपमा नछुटिए पनि यी दम्पत्ती अलग–अलग मात्र बस्दैनन्, बिरलै आमने सामने हुन्छन्। केही औपचारिक कार्यक्रममा यदाकदा देखिएका उनीहरू परिवारसँगको सामूहिक भेटमा पनि निर्मलनिवास बाहिर मात्र देखिने गरेका छन्।
कसरी टुट्यो नाता?
कष्टपूर्ण थाइल्याण्ड बसाईपछि नेपाल फर्केका पूर्वयुवराज पारस शाहलाई पारिवारिक सुख मिल्न नसकेका कारण उनी बरालिएको बताइन्छ।
कहिले बुवा पूर्वराजा ज्ञानेन्द्रले आफु बद्नाम हुने आशंकामा निर्मल निवास छिर्न नदिएको समाचार बाहिर आउँछ। पूर्वयुवराज्ञी हिमानीसँगको सम्बन्ध बिग्रेको चर्चा लामो समय चल्यो। परिवारभन्दा बाहिर बसेका पारस यतिबेला ग्रहदशा कटाउन मन्दिर धाइरहेका छन्। पत्नी हिमानी पारस नेपाल फर्केको दोस्रो दिनमै एक महिना बसाईका लागि भारत हिडँेकी थिइन्। निर्मल निवास स्रोतका अनुसार तथ्य भने फरक छ । निर्मल निवासमा एक मातालाई निम्त्याइयो । २३ वर्षीया एक कुमारी माताले हिमानी र पारससँग बस्दा अनिष्ट हुने भविष्यबाणी गरिन् । उनकै भविष्यवाणीका आधारमा पारस निर्मल निवास प्रवेश गर्न पाएनन्। पत्नीसँग आमने सामने हुने मौका पाएनन्।
आजभोली पनि आफ्ना छोराछोरीसँग बाक्लो भेटमा रहे पनि पारस हिमानीको अगाडि परेका छैनन्। ‘कारण नै धर्मदोष भनिन्छ, त्यसैले भेट नभएको हो’, दरबारनिकट स्रोतले भन्यो।
ज्योतिषीय सिद्धान्तअनुसार पारस र हिमानीको अहिले ग्रह नमिलेको कुमारी माता सविता सरु आचार्यले ठोकुवा गरिन् । ‘सरकारहरू साथमा नभएकै राम्रो’ हिमानीको हात हेर्दै ती माता आचार्यले भनेकी थिइन्,‘सँगै बस्दा ठूलै अनिष्टको खतरा छ, अलग्गिएर बस्नु सुखद् छ ।’
धनकुटाकी स्थानीयवासी माताले पूर्वराजा ज्ञानेन्द्रलाई छोरोबाट फलिफाप नहुने कुरा बताएकी थिइन्। हिमानीको ग्रहदशा हेर्दा पनि ससुराको झैँ योगफल देखिएको उनको कथन थियो।
नेपालमै बसेका तर परिवार र पत्नीसँग नजिक हुन नपाएका पारस छोराछोरीसँग भने अधिक सामिप्यमा छन्। हिमानी नपुगे पनि पारसको गएको जन्मदिनमा छोरा पोखरामा पुगेका थिए। अघिल्लो बर्षको जन्मदिनमा दुई छोरीहरू पूर्णिका, कृतिका र छोरा हृदयेन्द्र पुगेका थिए
थाइल्यान्डको चार बर्षको बसाईपछि पारस नेपाल फर्किने कार्यक्रम तय भयो। हिमानी आफैँले स्वकीय सचिव स्मृति शाहमार्फत कुमारी माता सरुलाई निर्मल निवास बोलाएकी थिइन् । माताले निर्मलनिवासमा बास्तु दोष देखाइन् । ज्ञानेन्द्र गम्भीर बिरामी हुनु र निर्मल निवासमा बस्नेहरूमा बेलाबेला शारीरिक समस्या, मानसिक असन्तुलन देखिनुजस्ता कुराका पछाडि वास्तुदोष रहेको पहिल्याइन्। योसँगै पतिसँग तत्काल नबस्न उनले हिमानीलाई भनेकी थिइन्।
पारस हिमानीको भेट र सोनिकासँगको चर्चा
गोरखामा हिमानी ट्रष्टले बनाएको विद्यालयको भवन उद्घाटनका क्रममा पारस र हिमानी शाह आमने सामने थिए ।
पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाहले उद्घाटन गरेको नयाँ भवनको औपचारिक कार्यक्रममा पति पत्नीको जम्काभेट भएको थियो । लोकलाई देखाउनका लागि उनीहरूबीच साधारण संवाद भयो त्यो त्यसअघिको एक दशक र त्यसपछि हालसम्मका लागि दुर्लभ दृश्य थियो ।
राजतन्त्र अन्त्य भई गणतन्त्र घोषणा हुनासाथ पारस प्रेमिका कन्निकासँग थाइल्यान्डमा लामो समय बसे । सोही बेलादेखि पारस–हिमानीको सम्बन्धमा खटपट देखिएको थियो ।
‘आम नेपाली नारीजस्तै राजपरिवारको भए पनि पुर्वयुवराज्ञीलाई ति विविध घटनाक्रमले केही नमिठो बनाएको थियो । हालसम्म पनि यो क्रम चलिरहेको छ, जसले सम्बन्धमा सुधार आउला भन्ने देखिँदैन’, निर्मलनिवास स्रोतले भन्यो,‘आजभोलीका समाचार, तस्बिर र घटनाक्रमले पनि त्यहि देखाउँछ ।’
थाइल्यान्डमा लागुऔषध प्रयोग गरेको अभियोगमा पारसलाई त्यहाँको प्रहरीले हिरासतमा राखेपछि छुटाउनका लागि हिमानी पुगेकी थिइन् । उनले पारसलाई रिहा गराए पनि सँगै बसिनन् र सँगै काठमाडांै पनि फर्किनन् ।
‘त्यसबेला देखिएको त्यो परिदृश्य नै सम्बन्धमा नजिक नभएको भन्ने स्पष्ट चित्र थियो’, हिमानी नजिक रहेर काम गरिरहेकी एक जना महिला भन्छिन्,‘उहाँ (हिमानी) त्यसपछि सामाजिक काममा सक्रिय हुनुभयो र हिमानी ट्रष्टमार्फत अलग बाटो समात्नुभयो ।’
झन्डै एक दशकभन्दा लामो समयदेखि पारस–हिमानीको भौतिक सम्बन्ध नभएको देखिन्छ। भावनात्मक सम्बन्धमा पनि चढाव छैन बरु उतार मात्रै छ। केही बर्षदेखि पारस नेपालमै भए पनि हिमानीसँग नजिक हुने अवसर पाएका छैनन्। एक हिसाबले उनलाई निर्मलनिवासमा हिमानी भएका बखत प्रवेशमा निषेध छ ।
निर्मलनिवास स्रोत भन्छ,‘राजतन्त्रको अवसान भएका दिनदेखि नै पारसको पारिवारिक जीवन पनि परिवर्तन भयो । एक हिसाबले झन्डै डेढ दशकदेखि उनी पत्नी हिमानीसँग भावना, संवेदना, प्रेम र भावुकतासँग रुमल्लिन पाएका छैनन्, यो उनकै कारणले निम्तिएको नियती हो । त्यसैले बाहिर अफेयरका कुरा आइरहेका छन् ।’
हिमानीसँग नजिक हुन नपाएका पारस पछिल्लो समय भने विवादीत युट्युवर सोनिका रोकायासँग अफेयरमा रहेका पर्याप्त कारण र उदाहरण छाएका थिए। दरबारमार्गको एउटा रेष्टुरेन्ट उद्घाटन गरेका पारसको रोकायासँगको आलिंगनको तस्बिर बाहिरियो । अफेयरका चर्चा चल्न थाले ।
यस विषयलाई थामथुम गराउने कोशीश गरिए पनि पारस–रोकायाको सम्बन्धको पारो चढिरहेकोचाहिँ अन्नपूर्ण बेस क्याम्पदेखि पोखराको लामो बसाईसम्मका विवरणले छताछुल्ल बनाएको थियो। अहिले उक्त सम्बन्ध समेत ब्रेक भइसकेको छ। कतिपयले पारसको रकम लिएर सोनिका फरार भएको चर्चा गरे, जसको खण्डन सोनिकाले गरिसकेकी छन्।
नेपालमै बसेका तर परिवार र पत्नीसँग नजिक हुन नपाएका पारस छोराछोरीसँग भने अधिक सामिप्यमा छन्। हिमानी नपुगे पनि पारसको गएको जन्मदिनमा छोरा पोखरामा पुगेका थिए। अघिल्लो बर्षको जन्मदिनमा दुई छोरीहरू पूर्णिका, कृतिका र छोरा हृदयेन्द्र पुगेका थिए।

