

काँग्रेस नेता शेखरका दाजु निरञ्जनको निधन

काठमाडौं–परिवार तथा साथीभाईमाझ ‘निरु दा’को रुपमा परिचित निरञ्जन कोइरालाको निधन भएको छ । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु हुन् । पर्यटन व्यवसायीसमेत रहेका उनको आइतबार नयाँदिल्लीमा कोभिड–१९ का कारण निधन भएको हो । उनको बिहान ११ बजे निधन भएको हो ।
विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत कोइरालाको आजै अन्त्येष्टि गरिनेछ । काँग्रेस नेता शेखर यतिबेला नयाँदिल्लीमै छन् ।
केशव कोइराला र नोना कोइरालाका छोरा निरन्जन नेपालको पञ्चायती शासनकाविरूद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय थिए । निरञ्जनका दुई जना छोरा छन् । उनकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

