नयाँ वर्ष २०७९ का लागि Ecab Nepal को स्किमः Don’t Drink & Drive
कागजपत्र |३० चैत्र २०७८, बुधबार १७:४७
काठमाडाैं – अनलाईन एप EcabNepal मार्फत सहज र सुलभरुपमा ट्याक्सी बुकिङ सेवा उपलब्ध गराउँदै आएको इक्याब नेपालले नयाँवर्ष २०७९ का लागि Don’t Drink & Drive स्किम ल्याएको छ ।
नयाँ वर्षको माहौलमा साथीभाइ र परिवारजन सँग बसेर रमाइलो गर्दा स्वाभाविक रुपमा मादक पदार्थ सेवन गर्नेको संख्या बढी हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै उहाँहरुलाई एक ठाउँबाट अर्को ठाउँ सम्म सुरक्षित यात्राका लागि यो स्किम ल्याईएको ईक्याब नेपालका प्रबन्ध निर्देशक सन्तोष मण्डलले बताउनु भयो ।
सरकारले कार्यान्वयन गर्दै आएको मापसे गरि सवारी चलाउन नपाउने नीतिलाई प्रोत्साहन गर्दै ईक्याब नेपालले आाफ्नो ग्रहाकहरुलाई रमाईलो पल उमंगका साथ मनाउँदै ईक्याबको राईडहरुमा छुट्को व्यावस्था गरेको छ ।
यस स्किममा बेस प्राईसमा ५० प्रतिशत छुट दिने जनाइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरगरि उपत्यकाको तिन जिल्लामा उपलब्ध हुने यो स्किम सुबिधा चैत्र बैशाख ३ सम्म लागु हुने छ ।
यात्रुहरुलाई ट्याक्सी भाडामा बार्गेनिङ गर्ने समस्याबाट मुक्त गराउन केही समय अघि देखि डिजिटल प्लेटफर्म संचालनमा आएको हो ।
एन.आर.एन.ए को लगानिमा सुरु भएको इक्याब नेपाल दुई महिना नपुग्दै ग्राहकहरुको आकर्षण बढेको छ ।
छोटो समयमानै इक्याबले सेवाग्रही यात्रुहरुको विश्वास जित्न सफल भएको छ ।
करिब दुई महिनाकै अवधिमा ३००० भन्दा बढी भन्दा बढी ट्याक्सी इक्याबमा रजिस्टर भइसकेका छन् ।
यात्रुहरुले इक्याब एप वा यसको टोल फ्रि न 16600158999 अथवा हटलाईन नं 01-4358206 मा फोन गरेर ट्याक्सी बुक गर्न सकिने छ ।
घरमै बसेर टयाक्सी बुक गर्न सकिने हुँदा यात्रुरुहरुलाई सुविधा भएको छ ।
एप वा फोन मार्फत नै बुकिङ पाउने भएकोले व्यवसायमा बृद्धी भएको एक ट्याक्सी चालकको भनाई छ ।
नयाँ वर्षको माहौलमा खुलेर रमाउन तर ड्रिंक गरेर सवारी नचलाउन आग्रह गर्दै ट्याक्सी आवश्यक परे इक्याब नेपाललाई सम्झीन आग्रह गरेको छ ।
इक्याब नेपालले नयाँ सालको अवसरका आफ्नो ग्रहाकहरु लाई विभिन्न प्रकारको आकर्षक पुस्कार, मनोरञ्जन कार्यक्रमहरु लगाएत ग्रान्ड विनरलाई महंगो इस्मार्टफोनहरु दिने योजना रहेको बताएकोे छ ।
काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ। — विस्तृतमा