नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखी गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौँ –  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।  युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।  बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना गरिने प्रतियोगिताको मिति तय भएसँगै आवश्यक तयारी थाल्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्देशन समेत दिए ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण दुई वर्षदेखी संचालन हुन नसकेको प्रतियोगिता आगामी जेठमा संचालन हुने भएको हो ।

प्रतिक्रिया