राष्ट्र बैंकद्धारा पछिल्लो ८ महिनाको आर्थिक विवरण सार्वजनिक, अर्थतन्त्रका सूचकहरू नकारात्मक (सूचीसहित)


काठमाडौं –  नेपाल राष्ट्र बैंकले पछिल्लो ८ महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार अर्थतन्त्रका धेरै सुचकहरु नकरात्मक देखिएको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिती ७ दशमलब १४ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको यसै समयमा यस्तो मुद्रास्फिती ३ दशमबल ३ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थको मूल्यमा ७ दशमलब ५१ प्रतिशत र अन्यमा ६ दशमबल ८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो फागुन महिनाको तुलनामा यस वर्षको सोही समयमा घिउ, तेल, तरकारी, दूधजन्य उत्पदन, अण्डा, दाल तथा गेडागुडीलगायत उपभोग्य वस्तुमा करिब २७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।

राष्ट्र बैंकले आयात ३८ दशमबल ६ र निर्यात ८२ दशमलब ९ प्रतिशतले बढाएको जनाएको छ । हाल शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोडले घाटामा रहेको र रेमिट्यान्स पनि ३ प्रतिशतले घटेको देखाएको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Eight-Months-data-of-2078.79

प्रतिक्रिया