विद्यालय तहको पाठ्यपुस्तकमा २०७७ कै मूल्य लागू गर्न सरकारको निर्देशन


काठमाडाैँ– पाठ्यक्रम विकास केन्द्रले यस वर्ष विद्यालय तहको पाठ्यपुस्तकको मूल्य वृद्धि नगर्न निर्देशन दिएको छ। केन्द्रले एक सूचना जारी गर्दै यस वर्ष पनि २०७७ सालकै मूल्यमा पाठ्यपुस्तक बिक्री गर्न व्यवसायीलाई निर्देशन दिएको हो।

कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ सालको लागि स्वीकृत गरिएको मूल्य नै यथावत् रहेको र त्यहीअनुसार मूल्य लागू गराउन केन्द्रले निर्देशन दिएको छ।

केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्त संस्कृत धारसमेतको पुस्तकको मूल्य विवरणअनुसार लागू गर्न–गराउन भनेको छ।

केन्द्रले सूचनामा कक्षा ७ को ऐच्छिक विषयबाहेक सबै कक्षाका मूल्यसूची पनि प्रकाशित गरेको छ । विवरणमा समावेश नभएको कक्षा ९ को ऐच्छिक विषयको पाठ्यपुस्तकको हकमा भने पेजमा नै मूल्य छपाएर वितरण गर्ने केन्द्रले जनाएको छ।

प्रतिक्रिया