आईपीएलः गुजरात टाइटन्सको पहिलो हार, हैदराबादकाे दोस्रो जित


काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा गुजरात टाइटन्स सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको छ। सोमबारको खेलमा पहिला ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनायो। गुजरातका लागि हार्दिक पाण्ड्याले अविजित ५० रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १९ ओभर १ बल खेल्दै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।हैदराबादका लागि केन विलियम्सनले ५७ रनको पाली खेले। हैदराबादको लागि यो दोस्रो जित हो। आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया