१० दिनपछि सर्‍याे ‘सी’ डिभिजन लिग


काठमाडाैं – शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल निर्धारित मितिभन्दा १० दिन पछाडि सरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज साेमवार एक विज्ञप्ति निकालेर ‘सी’ डिभिजन लिग निर्धारित मितिभन्दा १० दिन पछाडि सरेको जनाएको हो । लिग अब २०७९ वैशाख ९ गतेदेखि सुरु हुनेछ ।

यसअघि २०७८ चैत २९ गतेदेखि लिग सुरु हुने तालिका रहेको थियो । एन्फाले प्राविधिक कारणले लिग सार्नुपरेको जनाएको छ ।

प्रतिक्रिया