

३ दिनभित्र स्पष्टीकरण बुझाउन नेकपा एसलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीसँग स्पष्टीकरण सोधेको छ ।
भृकुटीमण्डपमा सो पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन भएको गुनासो आएको भन्दै आयोगले ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेकोबारे सो पार्टीसँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।

