वर्तमान उपमेयर पार्वतीसहित २५ ले दिए भरतपुर मेयरका लागि निवेदन


चितवन – नेपाली कांग्रेस भरतपुर महानगरपालिका कार्यसमितिको आह्वानअनुरुप भरतपुर महानगरपालिका प्रमुखका लागि कांग्रेसका २५ नेताले निवेदन दिएका छन्। त्यस्तै उपप्रमुखका लागि २४ नेताले आवेदन दिएका छन्।

नेपाली कांग्रेस भरतपुर कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा आसन्न स्थानीय तहको निर्वाचना भरतपुर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार बन्नकालागि जम्मा ४९ जनाको आवेदन परेको जनाएको हो।

नेपाली कांग्रेस बलियो रहेको भरतपुर महानगरमा गठबन्धनदलबीच विवाद देखिएको छ । भरतपुर महानगरको प्रमुखका लागि नेपाली कांग्रेस र नेकपा माओवादीबीच विवाद छ।

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादीलाई कांग्रेसले सहयोग गरेको भन्दै चितवन कांग्रेसले यसपटक कुनै पनि हालतमा नछोड्ने अडान कांग्रेसको छ।

उता माओवादीले पनि यसपटक पनि आफैँले भरतपुर महानगरको प्रमुखमा अडान लिइराखेको छ ।

भरतपुर महानगरकी वर्तमान उपप्रमुख पार्वती शाह ठकुरीले पनि प्रमुखका लागि आवेदन दिएकी छिन् । त्यस्तै महानगरका कार्यसमिति सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, दिनेश कोइराला, टेकप्रसाद गुरुङलगायतले निवेदन दिएका छन । त्यस्तै निवेदन दिनेमा बागमती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठ पनि रहेका छन् ।

 

प्रतिक्रिया