

बसको छतमा चढेकोबेला विद्युतको तार छुँदा करेन्ट लागेर एकको मृत्यु

छतमा राखेको यात्रुको सामान ओराल्नका लागि चढेकोबेला विद्युतको झुण्डिएको तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाइते भएका खड्काको उपचारका लागि उदयपुर अस्पताल पुर्याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा पुगेपछि बसको छतबाट सामान झार्नेक्रममा खड्कालाई आइतबार मध्यह्न साँढे चार बजे करेन्ट लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडासदस्य अमृत गिरीले बताए । मृतक बसका धनी तथा कन्ट्याक्टर हुन् ।
चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । विद्युतको पोल लच्किएर ढल्किँदा झुण्डिएर होचो भएको तार छुनपुग्दा खड्कालाई करेन्ट लागेको हो । पोललाई तत्काल सिँधा नउभ्याए र असुरक्षित रुपमा झुण्डिएको तारलाई अग्लो नबनाए थप दुर्घट्ना निम्तिने खतरा देखिएको स्थानीय बताउँछन् ।

