

चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रमले दिए राजीनामा

काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् ।
शाहले व्यक्तिगत समस्या देखाउँदै महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा आगामी ३० गतेबाट लागू हुने गरी सञ्चालक समितिले स्वीकृत समेत गरेको छ ।
सञ्चालक समितिले शाहको राजीनामा स्वीकृतसँगै नयाँ महाप्रबन्धकमा सञ्जीव थापालाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

