नेपाललाई हिन्दूराष्ट्र बनाउन देउवा–मोदी भेटः शंकराचार्य निश्चलानन्द


जनकपुर – श्रीमज्जगद्गुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीले नेपाल आजदेखि हिन्दूराज्य भएको घोषणा गरेका छन् । जनकपुरको जानकी मन्दिर प्रांगणमा आयोजित हिन्दुराष्ट्र अन्तर्राष्ट्रिय अधिवेशनमा मन्तव्य दिँदै उनले नेपाल आजका दिनदेखि हिन्दूराज्य भएको बताएका हुन् ।

प्रवचनका क्रममा उनले हालै भएको नेपालका प्रधानमन्त्रीको भारत भ्रमण नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानकै तयारीका लागि भएको बताउँदै नेपाल र भारतका प्रधानमन्त्रीबीचको छलफलले सो कुरालाई अन्तिम रुप दिएको समेत बताए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनकै लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको व्यवस्था मिलाएको समेत दाबी गरे ।

प्रवचनका क्रममा स्वामी निश्चलानन्दले नेपाली जनताले आगामी निर्वाचन बहिष्कार गरेर हिन्दूराष्ट्र बनाउनेतिर लाग्नुपर्ने पनि अभिव्यक्ति दिएका थिए ।

 

प्रतिक्रिया