

क्यानको जनरल म्यानेजरमा वृतान्त खनाल नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा वृतान्त खनाल नियुक्त भएका छन्। आगामी ३ वैशाखदेखि लागू हुने गरी खनाललाई जनरल म्यानेजरमा नियुक्त गरिएको क्यानले जनाएको छ। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरेका छन्।
क्यानले १ फेब्रुअरीमा जीएमका लागि आवेदन माग गरेको थियो। त्यसमा ३४ जनाले आवेदन दिएका थिए। ३४ आवेदकमा ९ जनालाई ‘सर्ट लिस्ट’ गरि अन्तर्वार्ता लिइएको थियो। ती मध्ये क्यानले खनाललाई नियुक्त गरेको हो।
खनालसँग विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्था र विद्याविद्यालयमा काम गरेको अनुभव छ। यस्तै, उनले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा पनि काम गरेका छन्।

