अंग्रेजी नयाँ बर्ष मनाउन पोखरा गएका सञ्चार उद्यमी गोपाल हमालका छोरामाथि कुटपिट


कञ्चनपुर – अंग्रेजी नयाँ बर्ष मनाउन पोखरा गएका धनगढीका सञ्चार उद्यमी गोपाल हमालका छोरामाथि कुटपिट भएको छ। सञ्चार उद्यमी हमालका छोरा तथा दिनेश मार्ट प्रालिका डाइरेक्टर आयुश हमाललाई पोखराको लेकसाइडमा रहेको ट्रेजर लाउन्ज क्वलबमा कुटपिट भएको हो।

पुस १७ गते शुक्रवार ट्रेजर लाउन्जमा रमाईलो गरिरहेका बेला बाउन्सरले विहान पौने चार बजेतिर उनीहरुमाथि कुटपिट गरेको लेकसाइडमा रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ। वडा प्रहरी कार्यालय बैदामका अनुसार कुटपिट भएपछि पीडित पक्षलाई न्यायका लागि निवेदन दिन भनेपनि अहिलेसम्म पीडित पक्ष भने आएका छैनन्।

बाउन्सरको कुटाईबाट आयुश हमालको टाउँको र नाकमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनको अहिले पोखरामै उपचार भईरहेको छ। कुटपिट गर्ने रोशन गुरुङ र प्रदिन गुरुङलाई नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिए। उनले कुटपिट गर्नेमाथि र घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको बताए। छोरामाथि कुटपिट भएको थाहा पाएपछि सञ्चार उद्यामी गोपाल हमाल पोखरा पुगेका छन्।

प्रतिक्रिया