राष्ट्रसङ्घीय मानव अधिकार परिषदबाट रुस निलम्बित


काठमाडौं – संयुक्त राष्ट्रसङ्घको महासभाले रुसलाई मानव अधिकार परिषद्‌बाट निलम्बित गर्ने निर्णय गरेको छ ।

हिजो (बिहीबार) राष्ट्रसङ्घको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषदबाट हटाउने पक्षमा मतदान गरेसँगै रुस मानव अधिकार परिषदबाट निलम्बित भएको हो ।

मतदानपछि राष्ट्रसङ्घका लागि रुसका सहायक स्थायी प्रतिनिधि जेनाडी कुजमिनले यो कदम ‘नाजायज र राजनीतिक पूर्वाग्रही’ कदम भएको टिप्पणी गर्दै रुस मानव अधिकार परिषदबाट बाहिरिएको घोषणा गरेका छन् ।

युक्रेनी सहर बुचामा भएको मानव अधिकार उल्लङ्घनको घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घले यो निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घमा रुसलाई निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थन गरेका थिए।

यस्तै, २४ वटा देशले विपक्षमा मतदान गरेका थिए। ५८ देश मतदानमा अनुपस्थित रहे। यो मतदानमा भारत र नेपाल तटस्थ रहेका थिए । चीन भने निलम्बनको विपक्षमा उभिएको थियो ।

युक्रेनमाथि रुसले २४ फेब्रुअरीमा आक्रमण गरेको थियो।युक्रेनले रुसको सैनिकमाथि बुचा सहरमा सयौँ नागरिकलाई मारेको आरोप लगाएको थियो।रुसलाई मानव अधिकार परिषद्‌बाट हटाउनका लागि प्रस्ताव अमेरिकाले ल्याएको हो ।

प्रतिक्रिया