शनिबार नेकपा ओली समूहको कार्यकर्ता भेला काठमाडौँमा : शीर्ष नेताले सम्बोधन गर्ने


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले शनिबार राजधानीमा कार्यकर्ता भेला गर्दैछ । बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीमा सुरु हुँदैछ ।

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरु रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ । यसअघि ओली समूहले बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा सुदूरपश्चिमका कार्यकर्ताको भेला गरेको थियो ।

संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् । उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । नेकपाको प्रचण्ड९नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

दाहाल–नेपाल समूहले संसद विघटन प्रतिगामी कदम भएको भन्दै तत्काल पुनःस्थापनाको माग गरेको छ । ओलीले भने संसद पुनःस्थापना नहुने प्रष्ट पार्दै वैशाखका लागि तोकिएको मध्यावधि निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया