

कङ्गोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु

काठमाडौं – अफ्रिकी मुलुक कङ्गोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ।
नेपाली सेनाको जनसम्पर्क निर्देशनालय स्रोतका अनुसार हिजो(मंगलबार) विद्रोहीको आक्रमणमा घाइते भएका ती सैनिकको मृत्यु भएको हो।
संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली सैनिकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपाली शान्ति सैनिकहरूले अपरेसन ‘बाली’ सञ्चालन गरेका थिए।
मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा कर्डन एन्ड सर्चुको कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ।
त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएका थिए।
घाइते सैनिकको हेलिकप्टरमार्फत उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पुर्याइएको थियो।

