४२६ संक्रमित थपिए, ८ जनाको मृत्यु


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।

त्यस्तै, गत २४ घन्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ६४ पुगेको छ ।

हालसम्म नेपालमा १९ लाख ३७ हजार ७०२ जनाको कोरोना परिक्षण गरिएको छ । अहिलेको अवस्थामा नेपालमा ६ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया