

स्थानीय निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज (मंगलबार) बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही बेरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक गठबन्धनको बैठक बस्न लागेको हो ।
आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने बताइएको छ । गत १७ गते बसेको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

