

आयल निगमका कर्मचारीलाई आवासको सुविधा

काठमाडौँ- नेपाल आयल निगमले आफ्ना कर्मचारीहरूलाई आवासको सुविधा दिने भएको छ । हवाई इन्धन डिपो सिनामंगलमा कार्यरत कर्मचारीहरूका लागि आवासको सुविधा दिन लागेको हो ।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भीमसेनगोला, सिनामंगल, तीलगंगा, गौशाला भित्री भाग, तीनकुने क्षेत्रमा घर खोजिरहेको छ ।
युक्रेनमाथि रुसको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अकासिएको पछिचालु आर्थिक वर्षको फागुनसम्म निगमको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको छ। इन्धनको मूल्यमा भइरहेको अचाक्ली वृद्धिले उपभोक्ता मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। घाटा खाएर इन्धन बिक्री गर्नै नसक्ने अवस्था आएको निगमले सरकारसँग हारगुहार गरिरहेको छ ।

