
सातौं राष्ट्रिय घोडचढी प्रतियोगिता शुक्रबार हुने
काठमाडौं – नेपाल घोडचढी संघको आयोजनामा सातौं राष्ट्रिय घोडचढी प्रतियोगिता शुक्रबार हुने भएको छ ।
एकदिन प्रतियोगिता टुँडिखेलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराए ।
प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।



कागजपत्र |
