युक्रेन युद्धः २४ घन्टामा ४० हजार बढीले देश छाडे


किभ – युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानकारी दिएको हो ।

राष्ट्रसंघका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् ।  राष्ट्रसंघको उच्चायुक्तको कार्यालयका अनुसार मात्र पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् ।

देश छाड्नेहरूमध्ये ९० प्रतिशत महिला तथा बालबालिका छन् । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न पाएका छैनन् ।

युद्ध भएपछि १५८ बालबालिकाको मृत्यु भएको २५८ जना घाइते भएको युक्रेनले जनाएको छ । युक्रेनको महान्यायधिवक्ताको कार्यालयका अनुसार युद्धका कारण सबैभन्दा बढी बालबालिका राजधानी किभ र त्यसपछि दोनेत्सकमा प्रभावित भएका छन् ।

प्रतिक्रिया