अछामको ९१ वटै वडामा ३ दलले चुनावी गठबन्धन गर्ने


अछाम – अछाममा क्रियाशिल ३ राजनीतिक दलले आसन्न स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रबिन्द्र साउँद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले निकालेको संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा गठबन्धन गर्ने जानकारी दिउका हुन् ।

‘केन्द्रिय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको १० वटै स्थानीय तह र ९१ वटै वडाहरुमा गठबन्धन अघि बढाउन हामी ऐक्यवद्ध छौं ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

उनीहरुले स्थानीय तहका कमिटी र कार्यसमितिहरुलाई गठबन्धनको मर्म र भावना अनुसार अघि बढ्न अनुरोध पनि गरेका छन्

प्रतिक्रिया