
पीएसजीको शानदार जित, मेस्सी, नेयमार र एमबाप्पे तीनै जनाले गरे गोल
काठमाडौँ – फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ। एसजीलाई जित दिलाउने क्रममा टोलीका प्रमुख तीन खेलाडी लियोनेल मेस्सी, नेयमार र कायलिन एमबाप्पेले गोल गरे।
नेयमार र एमबाप्पेले २र२ गोल गरे भने मेस्सीले १ गोल थपे। नेयमारले खेलको १२ औं र ९० औं मिनेटमा गोल गरेका थिए भने एमबाप्पेले २८ औं र ६७ औं मिनेटमा गोल गरेका थिए।
मेस्सीले ७३ औं मिनेटमा गोल गरे। लिग वानमा पीएसजीले ३० खेलबाट ६८ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको मार्सिल्लेले समान खेलबाट ५६ अंक जोडेको छ।



कागजपत्र |
