सुनसरी–मोरङका उद्योगमा अघोषित लोडसेडिङ, ऊर्जा मन्त्री भन्छिन् विद्युत खपत अझै बढाऔँ


विराटनगर- सुनसरी र मोरङमा सञ्‍चालित अधिकांश उद्योग अघोषित लोडसेडिङको मारमा परेका छन्। विगत एक सातादेखि इटहरी र विराटनगरमा सञ्‍चालित अधिकांश उद्योगमा १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको गुनासो उद्योगीहरुले बताएका छन्।

दैनिक १४ घण्टासम्म विद्युत् कटौती भए पनि विद्युत प्राधिकरणले यसलाई लोडसेडिङ भनेको छैन। प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए पनि विगच एक सातादेखि रातभरी विद्युत कटौती हुने गरेको छ। प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरु थप समस्यामा परेको उद्योगीहरुले बताएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताए। सरकार र प्राधिरकणले बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्ने गरेको उनको आरोप छ। यता ऊर्जा मन्त्री पम्फा भुसाल भने विद्युत खपत अझै बढाऔँ भन्दै भाषण गर्दै हिँडिरहेकी छन्।

प्रतिक्रिया