माधव नेपालविरुद्ध केपी ओलीले दर्ता गरेको रिटको सुनुवाई आज

न्यायाधीशद्वय सिन्हा र सुवेदीको संयुक्त इजलासमा सुनुवाई हुँदै


काठमाडौं — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्ने भएको छ ।

आइतबार न्यायाधीशद्वय अनिल कुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाई हुने जनाइएको छ ।

एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एमालेले यही एजेण्डालाई अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया