खुमलटारमा बामदेवः पार्टी फुटाउने खेल बन्द गर्न प्रचण्डलाई सुझाव


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी विभाजन हुन नसक्ने भएकाले त्यस्तो प्रयासमा नजान सुझाव दिएका छन्।

कानुनी आधारमा नै पार्टी विभाजन हुन नसक्ने भएकाले यस्तो खेल बन्द गरी एकीकृत अवस्थामा आउनका लागि उनले प्रचण्डलाई सुझाव दिएका छन्। त्यसका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग मध्यस्तताको वार्ताका लागि आफू सक्रिय हुने गौतमको भनाई थियो।

स्रोतका अनुसार गौतमले पार्टी एकीकरणका लागि अभियान थाल्ने घोषणा गरेका थिए। सोहीअनुसार उनी प्रचण्ड भेट्नका लागि विहीबार खुमलटार पुगेका थिए। ‘म प्रधानमन्त्री ओलीसँग पनि कुरा गर्छु कुनै कानुनले पार्टी विभाजन हुँदैन, यसरी दुनियाँलाई हँसाउनेगरी नलाग्नुहोस्’, गौतमले भनेको उदृत गर्दै स्रोतले भन्यो,‘नियम संगत हिसाबले अगाडि बढौं, संसद पुनःस्थापनाका लागि पनि पहल गर्छु।’

प्रचण्डले भने अब पार्टी एकीकरणको विन्दु प्रधानमन्त्री ओलीको राजीनामासहित माफी माग्नु नै रहेको बताएका थिए। तर गौतमले भने पार्टीमा आत्माआलोचना गरेको खण्डमा ओलीलाई ५ बर्ष सरकार चलाउनका लागि सहमति दिनुपर्ने र महाधिवेशनमा जान सुझाएका छन्।

तर त्यसका लागि ओलीले पनि पार्टी कमिटीको निर्णयका आधारमा नै सरकार चलाउनुपर्ने गौतमको भनाई थियो।

प्रतिक्रिया