

भारतको जयनगरदेखि नेपालको जनकपुर-कुर्थासम्म चल्ने रेल शुभारम्भ

धनुषा – भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म सञ्चालन उद्घाटनका लागि जयनगर रेल्वे स्टेसनमा सिङ्गारेर राखिएको रेल । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीमा रहेकाे हैदराबाद हाउसबाट भर्चुअल रूपमा संयुक्त रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरेका थिए ।
शुभारम्भका लागि सिङ्गारिएको रेल
रेल हेर्नेको घुइँचो
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित कार्यक्रममा शनिबार संयुक्त रुपमा जनकपुर-जयनगर-कुर्था रेल सेवाको उद्घाटन गर्नुभएपछि भारतको जयनगरबाट आउँदै गरेको रेल हेर्न जनकपुर रेल्वे स्टेसनमा जम्मा भएका स्थानीयवासीहरू। तस्बिर : अजयकुमार साह/रासस

