राष्ट्रिय सभा: यस्तो छ ओली–प्रचण्ड समीकरण


काठमाडौं– राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले १७ पुसका लागि आह्वान गरेपछि अधिवेशन हुन लागेको छ।

बैठकमा राष्ट्रपति कार्यालयको पत्र सुनाइने छ भने नेताहरूले बोल्नेछन्। प्रतिनिधि सभा विघटनका सम्बन्धमा नेताहरूले बोल्न सक्ने अनुमान गरिएको छ। यद्यपि, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले अदालतमा विचाराधिक विषयमा बोल्नु उपयुक्त नहुने धारणा सार्वजनिक गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन आएपछि राष्ट्रिय सभाको समीकरणलाई पनि हेरिएको ५९ सदस्यीय समीकरणलाई हेरिएको छ। राष्ट्रिय सभामा ६ जना नेपाली कांग्रेस र ३ जना जनता समाजवादी पार्टीका सांसद छन्। बाँकी ५० जनामा दुई जना तटस्थ रहेका छन्।

नेकपा उपाध्यक्ष बामदेव गौतम र दिनानाथ शर्मा तटस्थ छन्। एक जना अध्यक्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीपक्षमा २५ जना, बहुमत रहेको दाबी गरिएको छ। यस्तै पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षमा भने २३ जना रहेका छन्। 

प्रतिक्रिया