दिपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङसहित पपुवान्युगिनीलाई २०४ रनको लक्ष्य


काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले पपुवान्युगिनीलाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द सिं ऐरीले विस्फोटक ६६ रनको पारी खेले । उनले ३३ बलदमा ४ छक्का र ३ चौकाको मद्दतले उक्त रन बनाएका थिए । त्यस्तै डेब्यूम्यान मोहम्मद आदिल आलमले ११ बलमा विस्फोटक ३१ रन बनाउँदै नेपालको स्कोर शानदार बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १७ रन बनाए भने आशिफ शेखले ३८ रन बनाएका थिए ।

त्यस्तै रोहित पौडेलले ४१ रन बनाउँदा करण केसी १ रनमा आउट भएका थिए । त्यस्तै दिलिप नाथ शुन्यरनमा आउट भए भने आरिफ शेखले २ रन बनाए । आरिफ  र कप्तान सन्दीप लामिछाने नटआउट रहन सफल भए ।

पपुवान्युगिनीका लागि कबुवा मेरियाले ३ विकेट लिएका थिए भने रिले हेकुरेले २ विकेट लिन सफल भए । त्यस्तै नोरमान भोना र नोसैना पोकनाले १÷१ विकेट लिए ।

प्रतिक्रिया