प्रदेश प्रमुख मिश्रद्वारा जाँचबुझ आयोग व्यवस्थापन विधेयक प्रमाणीकरण


जनकपुर – मधेश प्रदेशका प्रमुख हरिबंश मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छरेका छन् ।

प्रदेशसभाको बैठकबाट पारित ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ प्रदेश प्रमुख मिश्रले प्रमाणीकरण गरेका हुन् । उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

पोखरीमा डुबेर वृद्धको मृत्यु

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिहारकुण्डमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा धनुषाको सबैला नगरपालिका– ६ का ८० वर्षीय रघुबंश यादव रहेको छ ।

केही दिनदेखि जनकपुरधामस्थित छोरीको घरमा बस्दै आएका यादव आज बिहान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया