त्रिकोणात्मक टी–२० सिरिजः नेपालले पहिले ब्याटिङ गर्ने


काठमाडौं – नेपालले त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको आज (बिहीबार) को खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपाल आज पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ ।

यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।

मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया