

स्थानीय तह निर्वाचनः कुन पक्षका कारण कहाँ-कति सुरक्षा ‘थ्रेट’ ?

काठमाडौँ– वैशाख ३०मा स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनमा कुन–कुन पक्षका कारण सुरक्षा थ्रेट बढी छ भन्ने विषयमा पनि सुरक्षा समितिले अध्ययन गरिरहेको छ।
पछिल्लो अध्ययनअनुसार निर्वाचनमा सहभागी रहने प्रमुख राजनीतिक दल र विगतमा भूमिगत भएका तथा अहिले चुनावमा भाग लिने, नलिने दलबाट नै सुरक्षा प्रमुख रहेको निष्कर्ष छ।
सुरक्षा समितिले एकीकृत सुरक्षा योजनाको रणनीतिक छलफलपछि अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर मतदान स्थलको वर्गीकरण गरिएको छ। निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ । यति मतदानस्थलअन्तरर्गत २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ।
अति संवेदनशील मतदान केन्द्र दुई हजार नौ सय ४६ वटा छन्। प्रहरी स्रोतका अनुसार संवेदनशील चार हजार चारसय २३ वटा मतदान केन्द्र छन् र बाँकी तीन हजार तीन सय ८७ वटा मतदान केन्द्र सामान्य सुरक्षा थ्रेट भएकोमा वर्गीकरण गरिएको छ।
प्रदेश २ का सबै जिल्ला, सुदूरपश्चिमका केही जिल्लामा रहेका मतदानस्थल/केन्द्र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ। त्यस्तै बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यका, चितवन, धादिङलगायतका जिल्लाका मतदान स्थल सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएको छ। यसअघिका निर्वाचनमा झडप भएका, द्वन्द्व सिर्जना भएका मतदान स्थललाई यसपटक पनि संवेदनशीलमा राखिएको छ। संवेदनशील मतदान स्थल ७७ वटै जिल्लामा रहेको बताइएको छ।
भारतीय सीमा जोडिएका जिल्ला सुरक्षाका सबैभन्दा चुनौतीको रुपमा हेरिएको छ। ‘भारतसँग सीमा जोडिएका क्षेत्र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ,’ गृहमन्त्रालयका एक अधिकारीले भने, ‘ती ठाउँ किन अति संवेदनशील भन्ने पनि छ। त्यहाँ मतदानको समयमा पारी (भारत)बाट मान्छे ल्याउने प्रचलन छ। हतियारधारी मान्छे पनि त्यतैबाट आउँछन्। त्यसैले हामीले सुरक्षाकर्मी त्यहीअनुसार तैनाथ गर्छाैँ।’
यसअघि सुरक्षाका चुनौतीका रुपमा हेरिएको सिके राउत नेतृत्वको जनमत पार्टी यसपटक पनि सुरक्षा चुनौतीको रुपमा हेरिएको छ। यो पार्टी पनि यसपटक चुनावमा सहभागी हुँदैछ। त्यस्तै विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पनि सुरक्षा चुनौतीको रुपमा हेरिएको छ। क्रान्तिकारी माओवादीले चुनाव बहिष्कार गर्ने निर्णय गरिसकेको छ। त्यस्तै ज्वाला सिंह समूह, गोइत समूह पनि चुनावको चुनौतीको रुपमा छन्।
देशभरका मतदान केन्द्रः

