

चीन भ्रमणमा रुसी विदेशमन्त्री

एजेन्सी- रुसका विदेशमन्त्री सर्गेई लाभरोभ बुधबार चीन आइपुगेका छन्। अफगानिस्तानका छिमेकी मुलुकहरुबीचको तेस्रो बैठकमा भाग लिन लाभरोभ चीन आइपुगेका छन्।
रुसी समाचार एजेन्सी तासका अनुसार बुधबार लाभरोभ चिनियाँ सहर टुन्सीमा ओर्लिएका हुन्। रुसको मन्त्रालयका अनुसार लाभरोभले बुधबार चिनियाँ समकक्षी वाङ यीलगायत अन्य चिनियाँ शीर्ष अधिकारीहरुसँग पनि वार्ता गर्नेछन्।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पहिलोपटक रुसी विदेशमन्त्रीले चीनको भ्रमण गरेका हुन्। चीनको भ्रमण सकेर बिहीबार लाभरोभ भारत भ्रमणमा जानेछन्।
अफगानिस्तानका छिमेकी मुलुकहरुबीचका पहिलो बैठक गत अक्टोबर २१ मा रुसको मस्कोमा भएको थियो। दोस्रो बैठक इरानको तेहरानमा अक्टोबर २७ मा भएको थियो।
यो बैठकमा रुस, चीन, ताजिकिस्तान, इरान, पाकिस्तान, तुकेमेनिस्तान र उज्वेकिस्तान सहभागी हुँदै आएका छन्।

